मध्य पहाडी लोक मार्ग पूर्ण अवरुद्ध

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा पर्ने मध्य पहाडी लोक मार्गमा झरेको पहिरोले सडक अवरुद्ध बनेको छ । आज सोमबार बिहान करिब ९ बजेको समयमा सडकमा झरेको पहिरोले उक्त खण्ड पूर्ण अवरुद्ध बनेको हो ।
अविरल वर्षाका कारण सडकको करिब सय मिटर माथिबाट पहिरो खस्दा १० मिटर सडक ढाकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सोही पहिरोले दाम्ली-डिकुवा जाने भित्री कच्ची सडक खण्डमा झन्डै २० मिटर सडक ढाकी सडक पूर्ण रूपमा अवरोध भएको प्रहरीले उल्लेख गरेको छ ।
यस्तै, निरन्तर वर्षाका कारण मध्य पहाडी लोक मार्ग सडक खण्डमा पर्ने दिक्तेल-जयरामघाट सडक खण्डको विभिन्न स्थानहरूमा पहिरो गई सडक अवरुद्ध हुने क्रम बढेकोले सजक भई यात्रा गर्न प्रहरीको अनुरोध छ । यात्रा गर्दा मौसमलाई ध्यानमा राखी सम्बन्धित सरोकारवाला निकाय एवम् व्यक्तिहरूको नम्बरमा सम्पर्क गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको हो । वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकहरू अवरुद्ध बनेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









