चितवनमा ४० करोडको लागतमा कृषि प्रशोधन उद्योग निमार्ण गरिने

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा नेपालकै ठुलो अत्याधुनिक कृषि प्रशोधन उद्योग निमार्ण थालिएको छ । मेरो किसान लिमिटेडले करिब चालिस करोडको लागतमा उद्योग सहित शीत भण्डार निमार्ण गर्न लागेको हो । कम्पनीको छैटौँ स्थापना दिवसको अवसर पारेर सञ्चालकले सोमवार भूमि पूजासहित शिलान्यास गरेका छन् ।
चितवनका किसानसँगै देशभरका स्थानीय उत्पादकहरूबाट कच्चा पदार्थ सङ्कलन गरेर प्रशोधित वस्तुहरू देशव्यापी वितरण र अन्तर्राष्ट्रिय निर्यात गरिने कम्पनीले जनाएको छ । ८२५ भन्दा बढी कृषि उत्पादनहरूको प्रशोधन सहित विदेश निर्यात गरिने प्रबन्ध निर्देशक अविनाश सिलवालले बताउनुभयो । चितवनको तोरीको तेल, गोलभेँडाको के चप, बेसार, अदुवाको सुठो, अलैँची, कोदो, फापर, मह, कफी लगायत प्रशोधन गरिनेछ ।
मेरो किसान लिमिटेडले विभिन्न मुलुकमा नेपाली उत्पादनको निर्यात गर्दै आएको छ । सोही ठाउँमा तरकारी तथा फलफूलको दीर्घ संरक्षणका लागि शीत भण्डार बनाउन लागिएको छ । कम्पनीका अनुसार पुससम्म निमार्णको काम सकेर उत्पादन थालिने अध्यक्ष चूडामणि गौतमले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









