विकासका लागि राजनीतिक स्थिरता आवश्यक : सञ्चारमन्त्री

काठमाडौँ– सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ ।स्वाबलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले विकास र समृद्धिका पक्षमा प्रमुख दुई ठू्रला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको बताउनुभयो ।
उहाँले देशमा अहिले स्थिर सरकार भएकाले लगानीको वातावरण बनेको प्रसङ्ग उल्लेख गर्दै रोजगारीसहित आर्थिक समृद्धि र विकासका पक्षमा अग्रसर हुन उद्यमीव्यवसायीसँग अनुरोध गर्नुभयो ।
कार्यक्रममा मन्त्री गुरुङले रु दुई लाख राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गर्नुभयो । स्वाबलम्बन विकास केन्द्रले यस वर्षका लागि सो पुरस्कार सो संस्थालाई दिने निर्णय गरेको थियो ।
यसैगरी मन्त्री गुरुङले रु दुई लाख राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल उद्यमीसमेत रहनुभएका सांसद योगेन्द्र मण्डललाई प्रदान गर्नुभयो ।
सोही अवसरमा जनही रु ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









