फूलपातीबाट रिलिज ‘माइतीघर’ : शीर्ष गीतमा उत्कृष्ट नृत्यकर्तालाई ५ लाख पुरस्कार

काठमाडौं। दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को प्रचार प्रसार आक्रामक रुपमा अगाडि बढिरहेको छ ।
फिल्मको देशभरका हलमा ठूला ठूला पोस्टर राखिएको छ । देशका विभिन्न स्थानमा होर्डिङबोर्ड राखिएको छ । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने घोषणा गरिसकेका छन् ।
यसैबिच, यो फिल्मको शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समुहलाई ५ लाख नगद पुरस्कार घोषणा गरिएको छ ।भदौको पहिलो साता सार्वजनिक हुन लागेको गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्म भिडियो बनाएर ओएसआर डिटिजलको मेल आइडी osrdigitalnp@gmail.com मा पठाउनुपर्नेछ । ती भिडियोहरु ओएसआरको युट्युब, फेसबुक र टिकटक एकाउन्टबाट सार्वजनिक हुनेछ ।
सार्वजनिक भिडियोमध्येबाट सर्वाधिक धेरै भ्यूज आउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई छनोट गरेर ५ लाख नगद पुरस्कार दिइने फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले बताए ।‘बसन्त नै बस्न खोज्छ यहाँ लोलायर’ बोलको गीतमा भिडियो बनाएर भदौको २० गतेसम्म पठाइसक्नुपर्नेछ । यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ ।
निर्माणपक्षले असोजको १२ गते उत्कृष्ट भिडियो बनाउने व्यक्ति वा समुहको नाम घोषणा गर्ने र पुरस्कार प्रदान गर्ने बताएको छ ।मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।
चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको डोआपी, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन यो फिल्ममा छ ।
रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









