भोटेकोशीको बाढीले रसुवाकाे केरुङमा अलपत्र परेका १ सय ६७ जना उद्धार

काठमाडौँ- भोटेकोशीको बाढीले रसुवाकाे केरुङमा अलपत्र परेका १ सय ६७ जना नेपाली तातोपानी नाका हुँदै नेपाल ल्याइएको छ ।
गत असार २५ गतेको रसुवा स्थित भोटेकोशी बाढीले मितेरी पुल बगाएपछि केरुङका होटल तथा पर्यटन क्षेत्रमा बस्दै आएका नेपालीहरुलाई नेपाल र चीन सरकार, स्थानीय प्रशासन र सरोकारवाला निकायको पहलमा तिब्बतको केरुङबाट नेलाम हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका ल्याएको हो ।
सिन्धुपाल्चोक हिमालय सिमापार वाणिज्य संघको सहयोगमा ५ वटा सवारी साधन मार्फत उनिहरुलाई काठमाडौँ पठाईएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।
केरुङमा विभिन्न पेशा गरी बसेको नेपालीहरु बिरामी पर्न थालेको र कतिपयले अब घर फर्कन पाइँदैन कि भन्ने चिन्ता समेत व्यक्त गरेपछि नेपाल ल्याउने व्यवस्था गरिएको हाे । बास्ताेलाका अनुसार नेपाल फर्कनेमध्ये धेरै जसाे रसुवा जिल्लाका रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









