टेवानकाे आयाेजनामा तेस्रो तीज सांस्कृतिक महोत्सव तथा तीज गीत प्रतियोगिता हुने

पोखरा । ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्द्धनमा योगदान पुर्याऔं’ भन्ने मूल नारासहित तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२ तथा तीज गीत प्रतियोगिता
हुने भएकाे छ ।
पर्यटन ब्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा हुने उक्त महोत्सव आगामी भाद्र १० र ११ गते (August 26 & 27, 2025) पोखराको बाराहीघाट, लेकसाइडमा हुनेछ ।
पोखरालाई संस्कृति, प्रकृति र साहसिकताको संगमका रूपमा प्रस्तुत गर्दै विविध सांस्कृतिक, मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक कार्यक्रम हुने जनाइएको टेवानका अध्यक्ष शाेभा पाण्डेले जानकारी दिईन् । उनका अनुसार नेपाली संस्कृतिको संरक्षण र अन्तरपुस्ता हस्तान्तरण, पर्यटन प्रवर्द्धन, महिलाको सिर्जनात्मक सहभागिता र नेतृत्व विकास, अन्तर्राष्ट्रिय मैत्री र सहकार्यको सन्देश प्रसार, साथै मनोरञ्जनसँगै सामाजिक सचेतना अभिवृद्धि उद्देश्यले आयाेजना गरिएकाे हाे ।
कार्यक्रम संयोजक शान्ता सुवेदी तिमिल्सिनाले महोत्सवका विशेषताबारे जानकारी दिँदै, यस वर्षको कार्यक्रम अझै व्यापक र सहभागीमूलक हुने बताइन्।
पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानमा यस महोत्सवले महत्त्वपूर्ण टेवा पुर्याउने टेवानका संस्थापक अध्यक्ष लक्की कार्कीले जानकारी दिईन् ।
गुरुङ पर्यटन व्यवसायी कृष्णकुमारी गुरुङले महोत्सवले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरिन्।
महोत्सवको मुख्य आकर्षणमा आमा समूह तथा महिला समूहहरूबीचको सांगीतिक तीज गीत प्रतियोगिता, स्वदेशी र विदेशी महिलाबीचको रस्साकस्सी प्रतियोगिता, परम्परागत र फुर्तिलो साडी दौड प्रतियोगिता, रमाइलो र कलात्मक घैंटो फुटाउने कार्यक्रम, रङ र सिर्जनात्मकताको संगम मेहेन्दी जोन, साथै प्रेरणादायी महिलाहरूको जीवनयात्रा र सामाजिक परिवर्तनका कथाहरू समेटिने महिला सशक्तिकरण टक शो रहेका छन्।
महाेत्सवकाे तयारीबारे भएकाे टेवानकाे तीज फेलाेसिप कार्यक्रममा महासचिव शोभा पौडेलले, पूर्वअध्यक्ष रेणु थापा, निवर्तमान अध्यक्ष कमला गिरी तथा शोभा पाण्डे लगायतले महाेत्सवलाई सव्य र भव्य रुपमा सम्पन्न गर्न सबै एकजुट भएर लागिपर्ने प्रतिवद्वता जनाए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19313, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना
समाचार२०८३ भाद्र ५, शुक्रबार १०:४१पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी
समाचार२०८३ भाद्र ४, बिहीबार १९:०६पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै







