‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक, स्वस्तिमा र प्रकाश बने रोमान्टिक

काठमाडौं। चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बेला बितेसि’ बोलको गीतमा गायिका समिक्षा अधिकारी र गायक तथा सर्जक प्रकाश सपुतको आवाज सुन्न सकिन्छ।
गीतमा शब्द र संगीत स्वयं प्रकाश सपुतको रहेको छ भने श्याम स्वेत रसाईलीले मिक्सिङ र मास्टरिङ गरेका छन्। मौलिक शैलीका लागि चिनिँदै आएका सपुतले यो गीतमार्फत आफ्नो यात्रालाई नयाँ उचाइ दिन खोजेका छन्।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का बीचको प्रेम र सम्बन्धलाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ। रोमान्टिक भाव र दृश्यले भरिएको भिडियोमा दुबैले दमदार अभिनय गरेका छन्। गीतको छायांकन पवन सुस्लिङ्गले गरेका हुन्।
‘हरिबहादुरको जुत्ता’ लाई निर्देशक दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपाल जस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ।
दशैंको फूलपाती (असोज १३ गते) मा प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यको लगानीमा बनेको हो।
चलचित्रको छायांकन कृष्ण बहादुर थापाले गरेका छन् भने सम्पादन नहकुल खड्काले गरेका छन् । चलचित्रका गीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









