ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

भद्रपुर (झापा)- दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । आज बिहान करिब ८ः०० बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोभी बोकेको प्र१–०२–००२ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् । गौतमको दमक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी, मोटरसाइकलमा सवार गौतमकी श्रीमती ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको प्रनाउ खड्काले बताउनुभयो । दुर्घटनापछि ट्रक चालक तेह्रथुमको लालीगुँरास नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पा, ट्रक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का









