सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम

धादिङ,५ भाद्र
सिद्धलेक गाउँपालिकामा भएको जनचेतनामुलक अन्तर वडा प्रतिस्पर्धात्मक तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम भएको छ । गाउँपालिकाको आयोजनामा नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा भएको प्रतियोगितामा वडा नं ४ को फुलबारी आमा समुह प्रथम भएको हो।

प्रतियोगितामा वडा नं २ को शान्ति स्वास्थ्य आमा समुह द्धितिय, वडा नं १ को सिर्जनशील महिला कृषि सहकारी तृतिय भएको छ भने वडा नं ७ को अमरज्योति महिला सहकारी चौथो भएको छ।प्रथम, द्धितिय, तृतिय र चौंथो हुने समुहहरुलाई क्रमशः १० हजार , ७ हजार ५ सय, ५हजार र ३ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभाका मायादेवी शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









