स्वास्थ्य क्षेत्रमा नगरबासीको गुनासो नआउने गरी काम गर्नुः मेयर ढुंगाना

धादिङ,८ भाद्र
नगरबासीको गुनासो नआउने गरी काम गर्न नगर प्रमुख भीम प्रसाद ढुंगानाले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ ।आर्थिक बर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो । नागरिकसँग प्रतक्ष्य जोडिएको स्वास्थ्य जस्तो संवेदनशिल कुरालाई बढी चासो र ध्यान दिएर काम गर्न निर्देशन दिनुभएको हो ।नीलकण्ठ नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको भन्दै नीलकण्ठका १४ वटै वडाका जनताको विश्वास जितेर काम गर्न समेत निर्देशन दिनुभयो । रोगको सुरुमै पहिचाहन गर्न सकियो भने जटिल हुनबाट बचाउन सकिने भन्दै उहाँले नागरिकरुको गाउँगाउँमा गएर स्वास्थ्य परिक्षण गर्नको लागि मेयर सँग जनतास्वास्थ्य परिक्षण कार्यक्रमको सुरुवात गरीएको बताउनुभयो ।

सामाजिक विकास समतिका संयोजक मन्जु रानाको अध्यक्षतामा आजबाट सुरु भएको दुई दिने बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । गोष्ठीमा नगर उप प्रमुख दिपक विश्वकर्मा,जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख जितेन्द्र कुमार शाह ,धादिङ अस्पतालको विशेषज्ञ चिकित्सक डा.विवेक भण्डारी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुखहरु,१९ वटा स्वास्थ्य संस्थाका प्रमुख तथा विद्यालय नर्सहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका बरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजालले आर्थिक बर्ष २०८१/०८२ मा स्वास्थ्य क्षेत्रमा भएका कामहरुको कार्य प्रगती वितरण,उपलब्धीहरु,समस्याहरु र चुनौतीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।यसैगरी कार्यक्रममा जनस्वास्थ्य निरिक्षक शिव रानाले मेयर सँग जनतास्वास्थ्य परिक्षण कार्यक्रमको प्रगती,उपलब्धीहरु र चुनौतीहरुको बारेमा जानकारी गराउनु भएको थियो । गोष्ठीको पहिलो दिन आज ९ वटा स्वास्थ्य संस्था प्रमुख तथा २ जना विद्यालय नर्सहरुले आ–आफ्नो संस्थाको प्रगती वितरणहरुको बारेमा जानकारी गराउनु भएको थियो । गोष्ठी भोली सम्म सन्चालन हुनेछ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का









