नीलकण्ठ नगरपालिकाद्वारा मन्त्री शिवराज अधिकारीलाई सम्मान,सिडियो,एसपी र डिएसपीलाई स्वागत

धादिङ,९ भदौ
धादिङको नीलकण्ठ नगरपालिकाले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीलाई सम्मान गरेको छ ।आज धादिङबेसी स्थित सिटी हलमा आयोजित एक कार्यक्रमका बिच नगरपालिकाले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

नगर उप प्रमुख दिपक विश्वकर्मा,प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल,प्रहरी उपरिक्षक भेषराज रिजाल,सशस्त्र प्रहरी बल धादिङका डिएसपी माला अवा,नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी,सामाजिक विकास समितिका संयोजक मन्जु राना,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुखहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर प्रमुख भीमप्रसाद ढुंगानाले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीलाई सम्मान गर्नुभएको छ ।

यसैगरी धादिङ जिल्लामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदी,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, ्रहरी उपरिक्षक भेषराज रिजाल,सशस्त्र प्रहरी बल धादिङका डिएसपी माला अवालाई स्वागत गरीएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी मन्त्री शिवराज अधिकारीले निष्ठाको राजनीति गरेर जनताको पक्षमा काम गर्ने बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाको विकासको लागि सहकार्य गर्न आफु तयार रहेको भन्दै उहाँले नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरमा धेरै राम्रो काम गरीरहेको बताउनुभयो ।यसैगरी कार्यक्रममा बोल्ने अतिथीहरुले नीलकण्ठ नगरपालिकासँग सहकार्य गरेर काम गर्न आफुहरु तयार रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरको विकासको लागि आफु प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो। नगरपालिकाको बजेट भन्दा बढी अन्य संघ संस्थाहरुबाट बजेट ल्याएर काम गरीरहेको भन्दै उहाँले नगरबासीको शिर झुक्ने गरी कहिल्यै काम नगर्ने बताउनुभयो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का









