खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा भदौ २६ गते हुने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने भएको छ ।
मञ्चको बिहीबार बसेको २१ औं बैठकले साधारण सभा सम्बन्धी निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबि आस्था) ले जानकारी दिए ।
सोही कार्यक्रममा मञ्चले आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्डको समीक्षा र आयव्यय सार्वजनिक गरिने अध्यक्ष आस्थाले खुलाए । यसका अलावा खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि भदौ २७ गते तालिम समेत आयोजना हुँनेछ ।
गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी २०७५ सालमा केशव पाठक नेतृत्वको तदर्थ समितिले दर्ता गरी प्रदेश संरचनामा लगेको थियो ।
२०५८ सालमा पोखराका खेल पत्रकारहरु संगठित भई रामकृष्ण ज्ञवाली संस्थापक अध्यक्ष रहेको मञ्च कास्कीको विस्तारित रुपमा यहाँसम्म आइपुगेको हो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19397, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १७, आईतवार २०:५२पोखरा–१७ मा फोहोर वर्गीकरणका लागि ५७० डस्टबिन वितरण
समाचार२०८३ श्रावण १७, आईतवार १७:११भयरथान टोल विकास संस्थाको अध्यक्षमा पुनः सुरज प्रकाश भुजेल सर्वसम्मत
समाचार२०८३ श्रावण १६, शनिबार २२:१९भुजेल समाज वडा–२४ इकाईकाे अध्यक्षमा बलबहादुर भुजेल
समाचार२०८३ श्रावण १६, शनिबार २२:०५शिक्षा र स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड








