धादिङबेसीमा खानेपानीको क्लोरिन परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धादिङ,१४ भाद्र
वर्षायाममा खानेपानीमार्फत फैलिन सक्ने रोगजन्य संक्रमण रोकथामका लागि धादिङमा क्लोरिन परीक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। नीलकण्ठ नगर खानेपानी सरसफाइ तथा स्वच्छता बोर्ड र जनस्वास्थ्य कार्यालय धादिङको संयुक्त समन्वयमा क्लोरिन परीक्षण अभिमुखीकरण गरिएको हो । धादिङबेसी खानेपानी मूल उपभोक्ता समिति तथा रामकोट बृहत जल उपभोक्ता संस्थाका पदाधिकारी र कर्मचारीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा सहभागीलाई खानेपानीमा मिसाउनुपर्ने क्लोरिनको उपयुक्त मात्रा निर्धारण गर्ने तरिका, परीक्षण प्रक्रिया र व्यवहारिक प्रयोगका बारेमा प्रशिक्षण दिइएको बोर्डका निर्देशक शिव रानाले जानकारी दिनुभयो। उहाँका अनुसार, सही मात्रामा क्लोरिन प्रयोग गर्न सकेमा वर्षातको समयमा प्रकोपको रूपमा देखिने विभिन्न जलजन्य रोगहरू नियन्त्रण गर्न सकिनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो









