रतनपाण्डे माविलाई २० हजार रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण

पोखरा । सूर्यचन्द्र विकास समाज, पोखरा–५ ले पाेखरा -१३ आर्वामा रहेकाे श्री रतनपाण्डे माध्यमिक विद्यालयलाई करिब २० हजार बराबरका पुस्तकहरु हस्तान्तरण गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष सावित्री काेइरालाले विद्यालयलाई पुस्तक हस्तान्तरण गर्दै विद्यार्थीको अध्ययनमा पुस्तकले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पुस्तक पढ्ने संस्कृतिको विकासले विद्यार्थीलाई ज्ञानमात्र नभई नैतिक मूल्य र सामाजिक चेतनामा पनि सुदृढ बनाउने उल्लेख गरे।
साथै, विद्यालयका विद्यार्थीलाई पुस्तक प्रयोग गरेर अध्ययनमा अझै बढी सक्रिय हुन आह्वान गरिएको थियो।
राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयाजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा समाजका प्रतिनिधिहरू उपस्थित थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19421, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:००डेनिस छन्त्याल (14SHOTS) को सम्झनामा पोखरामा बास्केटबल प्रतियोगिता, विजेतालाई १ लाख ५४ हजार पुरस्कार
समाचार२०८३ आश्विन २३, शुक्रबार ११:०६पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग
समाचार२०८३ आश्विन २२, बिहीबार १४:३७बालबालिका बेचबिखनमा आर्थिक अभावदेखि सामाजिक विभेदसम्म, उद्धारपछि पनि पुनःस्थापनाको चुनौती
समाचार२०८३ आश्विन २१, बुधबार १०:४०‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी







