शिक्षकहरूले शिक्षा इकाई मा दिए धर्ना

नुवाकोट- सरकारसँग भएका सहमति बमोजिम शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नुवाकोटमा शिक्षकहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासङ्घले सरोकारवाला कार्यालय तथा निकायहरूमा धर्ना तथा विरोध कार्यक्रम गरिरहेको छ ।
शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई विदुरमा आइतबार धर्ना दिएका छन् । महासङ्घको अगुवाइमा शिक्षकहरूले उक्त कार्यालयमा माग पुरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले दुई घण्टा धर्ना दिएका हुन् ।
शिक्षक महासङ्घको विरोध कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय ईकाइ नुवाकोटमा स्थायी, राहत, अस्थायी, करारलगायत सबै प्रकृतिका शिक्षक एवं कर्मचारी धर्ना कार्यक्रममा सहभागी भई निमित्त कार्यालय प्रमुख रामप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र वुझाएका हुन् । उनीहरूले सरकारले शिक्षकहरूलाई अलमलाउन खोजेको आरोप लगाए ।
शिक्षासम्बन्धी कानुन निर्माणको प्रक्रिया अपरिहार्य विषयको रूपमा रहेको शिक्षकहरूको भनाई छ । शिक्षक महासङ्घ लगायत शिक्षक सङ्गठनहरूले विद्यालय शिक्षा ऐन लागू गर्न माग गर्दै विरोधका कार्यक्रम गरेका हुन् ।
शिक्षा मन्त्रालय र शिक्षक महासङ्घका बिचमा ९ बुँदे सहमति भएकोमा त्यसलाई कार्यान्वयन गरिनु पर्ने महासङ्घको माग रहेको छ । विरोधको कार्यक्रम अन्तर्गत नुवाकोटको विभिन्न स्थानमा कार्यरत स्थायी, राहत, अस्थायी, करार लगायत सबै प्रकृतिका शिक्षक तथा कर्मचारी धर्ना कार्यक्रममा सहभागी थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
समाचार२०८३ जेष्ठ १२, मंगलवार १८:५७संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न








