कुमारी’ घोषणामा टुँडिखेलमा प्रत्यक्ष गाइएको गीत ‘कहाँ छौ’ युट्युबमा रिलिज

यस गीतमा यही चलचित्रबाट पार्श्व गायनमा डेब्यु गरेका गायक केहर सिंह लिम्बुको स्वर रहेको छ। यसमा उनको ब्यान्ड सदस्यहरूको शब्द तथा सङ्गीत रहेको छ। गीतको भिडियोमा चलचित्रको घोषणा, पोस्टर अनावरण र कलाकार परिचयसमेत समावेश गरिएको छ।
यसअघि ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’जस्ता हिट प्रेमकथाका फिल्म निर्देशन गरेका थिए भने पछिल्ला वर्षमा ‘पर्व’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’जस्ता सामाजिक मुद्दा उठाउने चलचित्र निर्देशन गरेका दिनेश राउतले ‘कुमारी’को निर्देशन गर्दैछन्। मङ्गलवारबाट छायाङ्कन सुरु हुने यो चलचित्र प्रेमकथामा आधारित छ, जसमा अबिशेक खड्का र आकृति राजभन्डारीले अभिनय गर्नेछन्। दुवै कलाकारले यही चलचित्रबाट प्रमुख भूमिकामा डेब्यु गरेका हुन्। चलचित्रमा अबिशेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायतका कलाकारको पनि अभिनय रहनेछ।
‘कुमारी’को निर्माण बिनिश इन्टरटेन्मेन्टले गर्दैछ भने पिक्चर फ्रेम सह निर्माता रहेको छ। निर्माता महेन्द्र अधिकारी, लेखक विकास सुवेदी, र छायाङ्कन निर्देशक सुसन प्रजापति रहेका छन्।
यस चलचित्रमा चार वटा गीत समावेश हुनेछन्। अन्य गीतमा गीतमा केहर सिंह लिम्बुको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’सँगै प्रशान्त सिवाकोटीले सङ्गीत गर्नेछन् भने शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।
यो चलचित्र यसै वर्ष भित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। डिजिटल वितरक केन्द्र मोशन पिक्चर्स हुनेछ भने काठमाडौं उपत्यकाभित्र डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्नेछन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार १४:५७कांग्रेसको १५औँ महाधिवेशन : धादिङमा ५ गते वडा,७ गते पालिका र १० गते क्षेत्रको हुँदै
समाचार२०८३ आश्विन १, बिहीबार १४:३०बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal









