संघीय तथा प्रादेशिक कार्यालय र स्थानीय सरकारका वार्षिक प्रगति समिक्षा कार्यक्रम धादिङबेसीमा

धादिङ,१७ भाद्र
धादिङबेसीमा संघीय, प्रादेशिक र स्थानीय तहहरूको वार्षिक प्रगति समिक्षा कार्यक्रम सुरुभएको छ । जिल्ला समन्वय समितिको आयोजनामा संघीय तथा प्रादेशिक कार्यालयहरू र स्थानीय तहहरूको आ.व. २०८१/८२ को वार्षिक प्रगति समिक्षा कार्यक्रम आजदेखि धादिङबेसीमा सुरु भएको हो ।वर्षभरि गरिएको कामको समिक्षा आगामी वर्षका लागि कार्यक्रम तथा योजनालाई प्रभावकारी बनाउन र अनुभव आदान प्रदान तथा सिकाई व्यवस्थापन गर्ने उद्धेश्यले वार्षिक प्रगति समिक्षा कार्यक्रम थालिएको हो ।कार्यक्रमको प्रदेश सभा सदस्य गोविन्द लम्सालले उद्धघाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन समारोहको सम्बोधन गर्दै प्रदेश सभा सदस्य गोविन्द लम्सालले सिकाई अनुभव आदान प्रदानले आगामी दिनमा उत्कष्ट काम गर्ने पृष्ठपोषण मिलेको बताउनुभयो ।

मंगलबारदेखि सुरु भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावति डबजोङ गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले प्रस्तुितकरण गरेका छन् ।त्यस्तै,नागढुंङगा सडक आयोजना पूर्वी खण्ड, सघन शहरी तथा भवन निर्माण कार्यालय धादिङ,पूर्वाधार विकास आयोजना,नयाँ शहर आयोजना कार्यालय गल्छी, राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम,डिभिजन वन कार्यालय धादिङ, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय धादिङ, कृषि विकास कार्यालय धादिङ र पशु सेवा कार्यालय धादिङले पनि कार्यलयले गत वर्षमा गरेका कार्यक्रमहरु प्रस्तुतकिरण गरेको हो ।बाँकी रहेका पालिका र कार्यालयहरुले भोली भदौ १८ गते प्रस्तुतकिरण गर्ने जिल्ला समन्वय अधिकारी रामाश्रय यादवले बताउनुभयो ।यस्ता वार्षिक प्रगति समिक्षा कार्याक्रमले पृष्ठपोषण, अनुभव सिकाई आदान प्रदान हुँदा आगामी कार्यक्रमहरु प्रभावकारी बन्ने यादवको भनाई छ ।कार्यक्रममा जिल्लामा रहेका संघीय, प्रादेशिक कार्यलय र स्थानीय तहका कार्यालय प्रमुख÷उपप्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक









