हिजोदेखि मनाए चेपाङ समुदायका मानिसहरूले न्वागी पर्व

हिजोदेखि मनाए चेपाङ समुदायका मानिसहरूले न्वागी पर्व

धादिङ –  प्रकृति पूजक र भुमीपुत्र  मानिने अल्पसंखेक अति सीमान्तकृत चेपाङ समुदायका मानिसहरूले धादिङमा सामूहिक रूपमा भेला भई न्वागी पर्व मनाएका छन् । चेपाङ समुदायका मानिसहरूले नयाँ अन्न बाली भित्र्याए पछि पितृ र भूमिको  पूजा गरी खाने चलन अनुसार चेपाङ्गहरुले भदौ महिनामा न्वागी पर्व मनाउने चलन रही आएको छ । यसले लोप हुँदै गएको चेपाङ समुदायका भाषा,संस्कृति र संस्कारहरू बचाउनका लागी पनि यो पर्वलाई विशेष रूपमा मनाउन सुरु गरेको जानकारहरूको भनाई छ ।

न्वागी पर्व मनाए पछि चेपाङ समुदायमा नयाँ वर्षको समेत सुरुवात भएको मान्ने  चलन रहेको छ ।
यस पटक भने बेनीघाट रोराङ्ग गाउँपालिका ८  स्थित विधाङमा यो पर्वलाई जिल्लाभरका चेपाङ्गहरु भेला भई सामूहिक मनाएका हुन् ।
यो पर्वमा चेपाङ समुदायका मानिसहरूले दिवङ्गत भएका पितृको पूजा गर्ने  र अन्न फलाउने भूमिलाई  खुसी पार्ने प्रचलन रहेको चेपाङ समुदायका जानकारहरू बत्ताउँछन् ।

यससँगै फलेका नयाँ अन्नबाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने, अनिष्ट हुने जनविश्वास सो समुदायका मानिसहरूमा रहेको छ ।

चेपाङ झाँक्रीहरूले गएरातीदेखी रातभर फलाकेर पितृ बुझाउने र वर्ष भरी लगाएको नयाँ अन्नबाली फलफूल पितृलाई चढाउने चलन सो समुदायमा रही आएको हो ।

नेपालका अल्पसंखेक अति सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ ।

रातभरि  ढ्याङ्ग्रो बजाउँदै पितृ पूजा गर्ने भूमिको पूजा गर्ने नयाँ अन्न बाली भोली पल्ट देखी खाने चलन सो समुदायका मानिसहरुकमा रही आएको  छ ।
यो पर्व चेपाङ अर्थात् प्रजा समुदायको राष्ट्रिय पर्व हो भने यसलार्ई ‘छो नाम’ पनि भन्ने गरिन्छ ।

पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रूपमा परिचित यो पर्वमा आफ्ना कुलभरिका मानिसहरू  मूल झाँक्रीको घरमा जम्मा भएर रातभर जागाराम बसी आफूले बारीमा फलाएको अन्न बाली पितृ र देवीदेवतालाई चढाउने गर्दछन् । झाँक्रीले मन्त्र भन्दै फलाक्ने र ढ्याङ्ग्रो बजाउँदै पूजा गर्ने गर्दछ ।

यो पनि पढ्नुहोस् :  फोनिज गण्डकीको आयोजनामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम

न्वागी पर्वमा विशेष गरी आफ्नो बारीमा उत्पादन भएको घैया धान, गाभा, निबुवा, घिरौँलाका साथै जङ्गली कन्दमूल गिठा भ्याकुर लगायत अन्य  तरकारी पितृलाई चढाउने गर्दछ ।

यसका लागि चेपाङ झाँक्री (पान्दे)हरुले एक पाखे ढ्याङ्ग्रो बजाउँदै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ ।
रातभरिको पूजा पाठ सकिए पछि उनीहरूले भोलीपल्ट भने आफ्न्तहरुसंगको भेटघाट र जमघट गरी शुभकामना आदान प्रदान समेत गर्ने गर्दछ, भने राम्रो लगाउने मिठो खाने दिनको सुरुवात पनि न्वागी पर्वबाटै हुने विश्वास चेपाङ समुदायमा रही आएको छ ।
जिल्लाभर यो समुदायका मानिसहरूको सङ्ख्या२१ हजार मात्रै रहेका छन् । ती मध्य सबै भन्दा धेरै बेनीघाट रोराङ्ग गाउँपालिकामा १६ हजार रहेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   5   =