पोखरामा वहिया सम्धिखोला सम्पर्क समाज,नरेन्द्र क्षेत्रीको नेतृत्वमा तदर्थ समिति

पोखरा । आफ्ना गाउँठाउँको माया र आपसी एकता कायम राख्दै आँधिखाेला गाउँपालिका वडा नं. २ वहिया र वडा नं. ६ सम्धिखोलाबाट पोखरा आई बसोबास गरेका घरपरिवारले शनिवार ‘वहिया सम्धिखोला पोखरा सम्पर्क समाज’ गठन गरेका छन्। भेलाले १९ सदस्यीय तदर्थ समिति सर्वसम्मत चयन गर्दै अध्यक्षमा नरेन्द्र क्षेत्रीलाई जिम्मेवारी दिएको छ।
समितिमा वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद ढकाल, उपाध्यक्ष भोजबहादुर कार्की, महिला उपाध्यक्ष सुनिता कार्की, कोषाध्यक्ष पूर्वबहादुर क्षेत्री, सह–कोषाध्यक्ष ममिता कार्की, सचिव मनोज कार्की र सह–सचिव शिवप्रसाद ढकाल रहेका छन्। त्यस्तै सदस्यमा टिकाराम ढकाल, धिरेन्द्र क्षेत्री, विनोद थापा, तिलबहादुर क्षेत्री, ख्यामबहादुर खड्का क्षेत्री, सुनिता गोदार, समुन्द्रबहादुर गोदार, निर्मला क्षेत्री, पार्वती क्षेत्री, मिनाकुमारी कार्की र लक्ष्मी कार्की चयन भएका छन्।
भेलामा प्रा.डा. दिलबहादुर क्षेत्रीले संस्थालाई समयानुकूल अघि बढाउँदै सबैलाई जोड्ने कार्यमा जोड दिनुपर्ने बताए। निर्वाचित अध्यक्ष नरेन्द्र क्षेत्रीले सम्पर्क समाजमार्फत वहिया सम्धिखाेलाबाट पाेखरा आई स्थायी अथवा अस्थायी रुपमा बसाेवास गर्दै आएका परिवारहरुकाे दुखसुखमा एकैसाथ रहि एकता र विश्वासको आधारमा गाउँठाउँका विकास र समाजको हितका लागि काम गर्ने प्रतिबद्धता जनाए।
तदर्थ समितिले वैधानिक तवरले संस्थाकाे कार्यसम्पादन अगाडि बढाउने अख्तियारी पाएकाे छ ।
कार्यक्रमको सञ्चालन रविन्द्र क्षेत्रीले गरेका थिए भने निर्वाचन समितिको संयोजन प्रेमबहादुर जिसीले गरेका थिए। हाल वहिया सम्धिखोलाबाट पोखरा आई करिब १०० भन्दा बढी घरधुरी बसोबास गरिरहेका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19457, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







