धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास

धादिङबेशी । भ्रष्टाचार, अनियमितता विरुद्ध र सुशासनको माग राखी जेन–जि युवाहरुले भदौ २३ गते सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिप्रति धादिङका चार प्रमुख दलले गहिरो दुःख प्रकट गरेका छन् ।
नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले संयुक्त प्रेस बक्तब्य जारी गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको छ ।
विज्ञप्तिमा भदौ २४ गते देशव्यापी रूपमा भएका आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले देश गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ । सरकारी कार्यालय, सञ्चार गृह, उद्योग–व्यवसाय, निजी सम्पत्ति लगायतमा भएको तोडफोड, १३ हजारभन्दा बढी कैदीबन्दीको जेल तोडेर निस्कनु तथा कतिपय ठाउँमा सर्वसाधारणलाई जीवितै जलाउनुजस्ता घटनाले शान्ति–सुरक्षामा गम्भीर चुनौती थपिएको उल्लेख छ ।
“देशलाई दशकौँ पछाडि धकेल्ने ध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूको छिटो पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने” माग विज्ञप्तिमा गरिएको छ ।
यस्तै, प्रधानमन्त्रीको राजीनामापछि मुलुक अन्यौलमा रहेको भन्दै संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत मात्र निकास खोजिनुपर्नेमा जोड दिइएको छ । विज्ञप्तिमा भनिएको छ, “जेन–जि युवाहरूले उठाएका एजेन्डा उचित भए तापनि, त्यसलाई देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले आफ्ना स्वार्थ पूरा गर्न दुरुपयोग गरेको देखिन्छ, जसप्रति हामी सजग छौं ।”
संयुक्त विज्ञप्तिमा लोकतन्त्रवादी, देशभक्त शक्ति, पत्रकार, कर्मचारी र न्यायप्रेमी जनतालाई सचेत रहन आग्रह गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सम्पूर्ण न्यायप्रेमी समुदायलाई एकजुट हुन आह्वान गरिएको छ । साथै जेल तोडेर भागेका कैदीबन्दी र अराजक समूहलाई नियन्त्रण गर्न स्थानीय समुदायमा युवाको सुरक्षा दस्ता गठन गरी सुरक्षाकर्मीलाई सहयोग पु¥याउन पनि अपिल गरिएको छ ।
चारै दलले जिम्मेवार राजनीतिक दलका हैसियतले विगतमा भएका कमजोरीको समीक्षा गर्ने र आगामी दिनमा दोहोरिन नदिने प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।
यस्तो छ जारी गरेको बिज्ञप्ती
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









