मन्त्रीहरुको नाम सिफारिसका लागि विज्ञहरुसँगको परामर्शमा जेन-जी

काठमाडौँ- शुक्रबार बेलुका प्रधानमन्त्रीमा नियुक्त हुनु भएकी प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै कार्यपालिका प्रमुखको जिम्मेवारी बहन गर्नुभए लगत्तै मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको छ ।
सानो आकारको मन्त्रिपरिषद आजै विस्तार गर्ने भनिए पनि साँझ अबेरसम्म मन्त्रिमण्डलमा सहभागी हुनेहरुको नाम टुंगो लाग्न सकेको छैन ।
मन्त्रिपरिषदमा को-को पठाउने भन्ने विषयमा जेनजीका युवाहरुसहितको विज्ञ समुहबीच अहिले पनि छलफल चलिराखेको बताइएको छ ।
विशेषगरी अब बन्ने मन्त्रिमण्डलमा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई समावेश गराउने गरी तयारी भइरहेकोले छलफलमा समय लागेको युवाहरुको भनाइ छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक









