सुजनको स्वरमा ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक

सुजनको स्वरमा ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक

काठमाडौँ। असोजको १३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक गरिएको छ । सुजन चापागाँइको स्वर र संगीत रहेको यो गीतमा हर्क साउदको शब्द छ । गीत ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

यो गीतले आमाको माया र उनको त्यागको भाव बोकेको छ । आमाले सन्तानका लागि गरेको त्याग र समर्पणलाई समावेश गर्दै गीतमा छोराले आमाप्रति देखाएको मायालाई गीतमार्फत भन्न खोजिएको छ ।

गीतको लिरिकल भिडियोमा नायक समीर भट्ट, ऋचा शर्मा लगायतलाई देख्न सकिन्छ । साथमा, केही दृश्य एनिमेटेड भिडियो पनि प्रस्तुत गरिएको छ ।
सन्तोष सेनको निर्देशनमा तयार भएको यो चलचित्रमा दर्शनजीको लेखन, पवन ब्राडफोर्ड विष्टको लगानी छ । फिल्मका कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

यो फिल्ममा समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, हेमन्त वुढाथोकी, सन्तोष सेन, कविता राय लगायतका कलाकारहरूको अभिनय छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   1   =