अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुँदै

काठमाडौं। नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ। अमेरिकामा यो चलचित्रलाई आहाना पौडेल वितरण गर्नेछन्। उनको चलचित्र वितरणमा यो डेव्यु हो। नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा हुन्। पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका उनले हरिवंश आचार्य स्टारर चलचित्रलाई त्यहाँको बक्स अफिसमा रिलिज गर्न लागेको जानकारी दिईसकेको छ।
उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० पर्दामा चलचित्र रिलिज गर्न लागेको हो। टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर र राज्यमा चलचित्र लाग्नेछ ।
त्यहाँका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज लगायतका चेनमा चलचित्र रिलिजको तयारी भैरहेको आहानले जानकारी दिए । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको चलचित्रलिई दिपेन्द्र के खनालले निर्देशन गरेका छन्। चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को









