पृथ्वीराजमार्ग अन्तरगत थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते

धादिङ,१ असोज
धादिङको पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते भएका छन्। भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश–०१–००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशा काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा प्र ००६ ख ४२६० नम्बरको टिपर आज बुधबार बिहान साढे ८ बजे थाक्रे गाउँपालिका–२ बाह्रकिल्लामा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेहरूमा बस चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बेलबासका २७ वर्षीय सन्देश अधिकारी, गुल्मीको दरबार गाउँपालिका–२ का ४० वर्षीय कमल सारू मगर, कपिलवस्तुको शिवराज नगरपालिका–७ का २४ वर्षीय पंकज पाण्डे, रुपन्देहीकै कन्चन गाउँपालिका–४ की ६० वर्षीया आइतबहारी थारु र नवलपरासीको देवचुली–५ बस्ने ३२ वर्षीया पुनम थसु छन्। नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का २८ वर्षीय टिपर चालक प्रवीण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल








