एल.जि. युकेको सहयोगमासहारा एकेडेमीका बालकहरुलाई ट्रयाक सुट हस्तान्तरण

पोखरा ।
लालीगुराँस एशोसियसन एल.जि. युकेको सहयोगमा सहारा एकेडेमीका बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको छ । एल. जि. एशोसियशन नेपालका संस्थापक एवम् एल. जि. फेष्ट कार्यक्रम युकेका संयोजक राजेन्द्र गुरुङ (कान्छा)को पहलमा युकेमा आयोजित एल.जि. फेष्टमा संकलित रकमबाट सामाजिक कार्य अन्तर्गत एल.जि. एशोसियशन नेपालका अध्यक्ष डम्मर जंग गुरुङको सहकार्यमा पोखरा १७ दोबिल्लामा रहेको सुर्यबहादुर केसी स्मृति सहारा आवसिय फुटबल एकेडेमीमा रहेका ३० जना बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको हो ।
सो अवसरमा वोल्दै एल. जि. एशोसियशन नेपालका अध्यक्ष डम्मर जंग गुरुङले एल.जि. एशोसियसनले एलजी फेष्टको आयोजना गरि सामाजिक कामहरु गर्दै आइरहेको सन्दर्भमा हालै युकेमा सम्पन्न एलजी फेष्टमा संकलित रकमबाट पोखराको सहारा एकेडेमी रहेको बालकहरुलाई ट्रयाक सुट वितरण गरिएको बताए ।
त्यस्तै एलजि एशोसियसनका वरिष्ठ सल्लाहकार सुनिल गुरुङले एल जि एशोसियनले स्वदेश तथा विदेशमा समेत संगठित भइ एलजि फेष्टको आयोजना गरि नेपालमा सामाजिक कामलाई निरन्तरता दिएकोमा धन्यवाद ब्यक्त गर्दै एलजिको सामाजिक काममा सधै साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । सो अवसरमा सहारा क्लवका अध्यक्ष केशवराज बरालले एल. जि. एशोसियशन पोखराका संस्थापक राजेन्द्र गुरुङ (कान्छा) लगायत सम्पूर्ण एल. जि. एशोसियशन परिवार प्रति धन्यवाद प्रकट गरे ।
सो अवसरमा एलजि एशोसियसनका सल्लहाकार चन्द्रमान गुरुङ, सन्तोष कार्की र सदस्य नसिव गुरुङ, संगम क्लब पोखराका पूर्व अध्यक्ष राजु गुरुङको उपस्थिति रहेको थियो भने क्लबको तर्फबाट अध्यक्ष केशबराज बराल, वरिष्ठ उपाध्यक्ष एवम् एकेडेमी संयोजक पूर्ण गुरुङ, पूर्व अध्यक्षहरु विक्रम थकाली, केशबबहादुर थापा, हरिराम गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष बिनु राना, कार्य समिति सदस्य अमर राजभण्डारी, एकेडेमी व्यवस्थापन समितिको सह संयोजक विश्वराज बराल, सदस्य लिलबहादुर थापाको उपस्थिति रहेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19604, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ८, सोमबार १२:२३भिटोफ गण्डकीद्वारा होमस्टे व्यवस्थापन तालिम
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म








