काउन्सिलको स्वायत्तताको सम्मान गर्छौं, प्रभावकारी बनाउन सहयोग गर्छौंः सञ्चारमन्त्री खरेल


काठमाडौँ, असोज २६ गते ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रेस काउन्सिल नेपालको स्वयत्तताको सम्मान गर्दै काउन्सिललाई थप प्रभावकारी बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।
काउन्सिलमा आज भएको स्वागत तथा स्थलगत भ्रमणका क्रममा उहाँले सरकार तोकिएको मितिमा निर्वाचन गराउन इमान्दार रहेकाले निर्वाचनलाई प्रभावित बनाउने गरी कतिपय न्युज मिडिया र सोसल मिडियाबाट सम्प्रेषित हुने सामग्रीको तथ्य जाँच गरी काउन्सिलले गहिरोसँग अनुगमन गर्ने अपेक्षा गर्नुभयो ।
काउन्सिलको तत्काल बढाउन सकिने, साधन–स्रोत बढाउन, विनियमवली संशोधन तथा थप बजेटसम्बन्धी कार्यलाई अर्थ मन्त्रालयसँग समन्वय गरी मन्त्रिपरिषद्मा लैजान आफू तयार रहेको स्पष्ट पार्दै मन्त्री खरेलले काउन्सिल मिडिया क्षेत्रको न्यायालय भएकोले अझै निष्पक्ष भएर अनुगमन गर्न सुझाव दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्ने क्रममा काउन्सिल सदस्य बालकृष्ण अधिकारीले काउन्सिलले सक्रितापूर्वक अनुगमन गर्दै आएको बताउँदै प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचनलाई समेत मध्यनजर गरी सदस्यहरूको नेतृत्वमा ३ जना ‘फोकल पर्सन’ बनाएर विशेष अनुगमन गर्न थालिएको जानकारी दिनुभयो ।
कार्यक्रममा काउन्सिलका सदस्यहरू नकुल अर्याल, पदम राज जोशी, भीमलाल श्रेष्ठ, विजयराज अधिकारी, शन्तराम बिडारीले काउन्सिलले यसअघि र जेन्जी आन्दोलनपछि पनि सक्रिय रूपमा भूमिका निर्वाह गरेको प्रष्ट पार्नुभयो ।
मन्त्रीलाई स्वागत गर्दै काउन्सिल सदस्य कुमारी निमा काफ्लेले काउन्सिल परम्परागत रूपमा नभई मिडिया क्षेत्रका सबै पक्षलाई हेर्ने गरी आधुनिक काउन्सिलका रूपमा उभिन चाहेकाले यस अभियानमा सहयोग गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले काउन्सिललाई नीतिगत र प्रशासनिक रुपमा सहयोग गर्न मन्त्रालय तत्पर रहेको बताउनुभयो ।
काउन्सिलका सदस्य–सचिव उदय बहादुर रानामगरले सहजीकरण गर्नुभएको कार्यक्रममा मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले हालसम्म गरेका प्रगति, समस्या, चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्यका लागि मन्त्रालयले गर्नुपर्ने विभिन्न सहयोगलगायतका विषयमा जानकारी गराउनुभएको थियो । उक्त अवसरमा कर्मचारीका सेवा सुविधासम्बन्धी विषय, काम गर्दाका अप्ठ्यारा आदिबारेमा पनि जानकारी गराइएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/10/12/10119/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ११, सोमबार १३:४७संविधान कार्यान्वयनमा कानुन अभावदेखि राजनीतिक संस्कृतिसम्मका चुनौतीबिच छलफल
समाचार२०८३ श्रावण १०, आईतवार १०:२९दशाैं पोखरा स्पोर्ट्स अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत
समाचार२०८३ श्रावण १०, आईतवार १०:०८फिर्केखोला करिडाेर अभियान अधुरै, अतिक्रमण हटाउन पुनः दबाब
समाचार२०८३ श्रावण १०, आईतवार ०९:५९पोखरालाई वेलनेस पर्यटन गन्तव्य बनाउन बोर्ड सदस्य पोखरेलको जोड






