पेट्रोलको मूल्य घट्यो

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ ।
नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर रू १५९, सुर्खेत र दाङमा रू १५८ अन्य क्षेत्रमा रू १५६.५० कायम गरिएको छ ।
“इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनगर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्यवृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत कायम गरिएको छ”, निगमले भनेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार २२:२४‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ११, सोमबार २१:५१डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग
समाचार२०८३ श्रावण ११, सोमबार ११:४२नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा








