राष्ट्रपति र प्रधानमन्त्रीद्वारा निर्वाचन सुरक्षाको विषयमा सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौँ– सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक शीतलनिवासमा सकिएको छ। राष्ट्रपतिको पहल र प्रधानमन्त्रीको समन्वयमा भएको बैठकमा सबै चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्रीज्यू र अन्य मन्त्रीज्यूहरूको उपस्थिति थियो ।
बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो। सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुयो ।
अहिलेभन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू पनि प्रस्तुत गर्नुभयो ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने स्रोत साधन दिन तयार रहेको र व्यवस्थापनको काम पनि भइरहेको जानकारी दिनुभयो ।
विभिन्न दलसँग भइरहेको संवादका विषयमा पनि प्रधानमन्त्रीज्यूले जानकारी गराउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार २२:२४‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ११, सोमबार २१:५१डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग
समाचार२०८३ श्रावण ११, सोमबार ११:४२नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा








