आठौं पिस फिटनेस सेन्टर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडौँ, ४ कात्तिक। विजया दशमी, शुभदिपावली, छठ पर्व २०८२ र नेपाल संम्बत ११४६ को अबसर पारेर, पिस फिटनेस सेन्टरले गत शनिवारबाट आयोजना गरेको मेन्स डबल खुल्ला, मेन्स डबल भेट्रान्स र मेन्स डबल सुपर भेट्रान्स अन्तर्गतको खेलहरु आज सम्पन्न भएको छ ।
काठमाण्डौ महानगर पालिका वडा नं. ३२ र कागेश्वरी मनोहरा नगरपालीका वडा नं. ६,७,८,९ का व्याटमिन्टन खेलाडीहरुको सहभागिता रहेको फाईनल प्रतियोगितामा मेन्स डबल तर्फ दिनेश के. शी र अनुप घिमिरेको जोडीले उमेस धिताल र कुन्दन कडरियाको जोडीलाई तेस्रो सेटमा पराजित गरेका थिए । अत्यन्तै प्रतिश्प्रधात्मक रुपमा भएको खेलमा पहिलो सेट २३-२१ ले उमेश धिताल र कुन्दन कडरियाको टिमले जिते पनी दोस्रो र तेस्रो सेट क्रमश २१-१६ र २१ – १८ को नतिजाले दिनेश र अनुपको डोडीले जितेको हो ।
त्यस्तै आजै भएको मेन्स डबल भेट्रान्समा गणेश थापा र अशोक उदाशको जोडीले बिष्णु बस्नेत र रामचन्द्र कार्कीको जोडीलाई सोझो सेटमा पराजित गरेको थियो । दर्शकहरुको बाक्लो उपस्थिती रहेको र अत्यन्तै रोमान्चक अनी प्रतिस्पर्धात्मक खेलमा गणेश थापा र अशोक उदाशको जोडीले २१-१६ र २१-१७ को स्कोरमा विपक्षी डोडीलाई पराजित गरेको हो।
पीस फिटनेश सेन्टरको आयोजनामा भएको प्रतियोगितामा आजै सम्पन्न मेन्स डबल सुपर भेट्रान्स समुहमा गोपाल खापुडं मगर र मणी गौतमको जोडीले स्रीराम खड्का र कालीदास देबकोटाको जोडीलाई सोझो सेटमा २१-१८ र २१-१६ को नतिजाले पराजित गरेको हो ।
पिस फिटनेस सेन्टरको कवर्डहलमा गत शनिबारबाट शुरु भएको खेलमा मेन्स डवल खुल्लामा ४७ टिम, मेन्स डवल भेट्रान ४५ वर्ष समुहमा ३९ र मेन्स डवल ५५ वर्ष उमेर समुहका १७ टिम खेलाडी रहेका थिए ।
संन्जय कपालीको नेतृत्व, नरेन्द्रराज न्यौपानेको संयोजन र व्याटमिन्टनका राष्ट्रिय रेफ्री राजु दउजाले संन्चालन गरेको प्रतियोगितामा विजयी खेलाडीहरुलाई आजै महालेखा परिक्षक तोयमराज राय, मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल,राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य कमल प्रसाद भट्टराई, सिनामंगल नगरसेवा समाजका अध्यक्ष विजयराज पौडेल, राष्ट्रिय वाणिज्य वैंकका पुर्व कार्यकारी निर्देशक मनमोहन कुमार स्रेष्ठले विजयी खेलाडीलाई नगद, स्वर्ण, कांस्य र रजत पदक, ट्रफी लगायत अन्य पुरस्कार प्रदान गरेका थिए ।प्रतियोगितामा ईमर्जिडं खेलाडीमा कुन्दन कडरियालाई पुरस्कृत गरिएको थियो भने ७५ वर्षिय खेलाडी देवराज के.शीलाई प्रोहोत्सान स्वरुप सम्मान गरिएको थियो ।





लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो









