माछापुच्छ्रे–५ रिभान, हुम्दी डाँडा गाउँमा साेमबारदेखि भलिबल प्रतियोगिता हुने

पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडा गाउँमा माछापुच्छ्रे गाउँपालिका अन्तर गाउँस्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिता –२०८२ हुने भएको छ । “मैत्री भाव तथा स्वास्थ्यका लागि खेलकुद ” भन्ने मूल नाराका साथ सिद्धबराह हुम्दी डाँडा गाउँ भलिबल क्लबको आयोजनामा यही कात्तिक १० गते देखी १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडागाउँ खेल मैदानमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका ९ वटा वडाबाट करिब २५ भन्दा बढी समूहको सहभागिता रहने अनुमान गरिएका खेल संयोजक अमृत लामिछानेले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल प्रमाणपत्र हात पार्ने छन् । त्यस्तै, उपविजेता टिमले नगद २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी वेस्ट स्पाईकर, वेस्ट सर्भर, वेस्ट ब्लकरलाई नगदका साथमा ट्रफि प्रदान गरिने क्लबका अध्यक्ष युवराज गुरुङले जानकारी दिए ।
खेल संयोजक लामिछानेका अनुसार साेमबार विहान १० बजे माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिन बहादुर गुरङको प्रमुख अतिथ्यतामा कार्यक्रमको उद्धघाटन हुनेछ । कार्यक्रमका बिच महिला फुटबल साथै रस्साकस्सी लागयता अन्य खेलहरू पनि रहने आयोजकले जनाएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19873, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २७, शनिबार ०६:३९पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
समाचार२०८३ असार २२, सोमबार ०८:१२फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वार ६३ हजार प्रदान
समाचार२०८३ असार २१, आईतवार २०:४६टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग
समाचार२०८३ असार २१, आईतवार १२:२९गण्डकी मिडिया समिटमा ‘पत्रकारितामा एआई’ बारे संवाद








