प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हातहतियार लुटपाट गर्ने १० जना पक्राउ

पाेखरा । कास्कीमा आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने घटनामा संलग्न १० जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८२ असोज २४ गते भएको आन्दोलनको क्रममा केही व्यक्तिहरूले प्रहरी कार्यालयहरूमा आक्रमण गरी तोडफोड, आगजनी र हातहतियार लुटपाटको घटना गरेका थिए। ती व्यक्तिहरूले लुटिएका हतियारहरू आगोमा जलाउने र सो कार्यबाट आतंक मच्चाउने गतिविधि गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
कास्की प्रहरीले सोही घटनामा संलग्न रहेकाहरूको खोजतलास गरी हालसम्म १० जनालाई पक्राउ गरेको जनाएको छ। तीमध्ये ४ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा हतियार लुटपाट गरी जलाउने कार्यमा संलग्न भएको, १ जनाले वडा प्रहरी कार्यालय बगरमा हतियारको थुप्रोमा आगो लगाएको र ५ जनाले प्रहरी चौकी नयाँपुलमा आगलागी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूमाथि अपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेकाहरूको विवरण
१. राजेश मक्रान्ती (२४ वर्ष) – त्रिपुरा सुन्दरी गाउँपालिका–४, धादिङ; हाल पोखरा–४, मानव अधिकार चोक।
२. नारायण साई (५४ वर्ष) – पोखरा–४, अधिकारी मार्ग।
३. अरुण वि.क. (२२ वर्ष) – पोखरा–११, फुलबारी।
४. रुपेश मगर (४१ वर्ष) – पोखरा–१, कसेरी।
५. दिपु साई (४३ वर्ष) – पोखरा–१, मोहरिया टोल।
६. लङ बहादुर नेपाली (४७ वर्ष) – अन्नपूर्ण गाउँपालिका–५, नयाँपुल।
७. अरविन वि.क. (१९ वर्ष) – अन्नपूर्ण–५, नयाँपुल।
८. ग्रिस क्षेत्री (२२ वर्ष) – अन्नपूर्ण–६, हाईजुङ।
९. थम बहादुर सार्की (६२ वर्ष) – अन्नपूर्ण–५, नयाँपुल।
१०. पूर्ण बहादुर नेपाली (४२ वर्ष) – अन्नपूर्ण–५, नयाँपुल।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति र सुरक्षासंस्थामाथि आक्रमण गर्ने कार्य गरेका थिए। पक्राउ परेकाहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखी कानूनी प्रक्रिया अघि बढाइएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19880, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







