प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको बेशीशहरस्थित घरमा ढुंगा हान्ने तीन जना युवा पक्राउ

लमजुङ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको लमजुङ सदरमुकाम बेशीशहरमा रहेको घरमा ढुंगा हान्ने तीन जना युवा पक्राउ परेका छन्।
पत्रकार पाण्डेको घरमा ढुंगा हानेको आरोपमा प्रहरीले १८ वर्ष उमेरका तीन जना युवाहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा बेशिशहर –८ का आयुष आलेमगर तथा प्रदिप तामाङ र बेंशीशहर–१० का योगेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।
उनीहरुले गएराती हानेको ढुंगाले लागेर पत्रकार पाण्डेको घरको झ्याल तथा बेसिशहर–८ झ्याङखोला स्थित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवनको पछाडिको झ्याल फुटेको बताइएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19934, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







