आजदेखि देशभर प्रदर्शनमा ‘परान’ | Celebrity Nepal

काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत कार्तिक १४ गते, शुक्रबारदेखि नेपाली फिल्म ‘परान’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण रहेको यस फिल्मले टिजरदेखि नै दर्शकमाझ उत्सुकता जगाएको थियो।
फिल्मको अग्रिम टिकट बुकिङ बुधबारदेखि खुलेको थियो भने हिजो बिहीबार साँझको प्रिमियर शोमा उपस्थित सेलिब्रिटी र दर्शकले फिल्मलाई उच्च प्रशंसा दिएका थिए। दीपक प्रसाद आचार्यको निर्देशनमा बनेको यस फिल्मले प्रदर्शनको पहिलो दिनमै देशभर उत्साहजनक शो पाएको छ।
‘बाइस्कोप सिनेमा’को ब्यानरमा बनेको ‘परान’ले भावनात्मक पारिवारिक कथामार्फत दर्शकको मन छुने प्रयास गरेको छ। नेपाली समाजभित्रको पुस्तान्तरण, सम्बन्ध र मूल्यबोधलाई फिल्मले संवेदनशील ढंगले प्रस्तुत गरेको छ।
फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय समावेश छ।
गीतमा निर्देशक दीपक आचार्यकै शब्द, रिदम कँडेलको संगीत र प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको छ। फिल्मको छायांकन शिवराम श्रेष्ठ, सम्पादन मित्र डी. गुरुङ र कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन्। प्रोडक्सन म्यानेजरका रूपमा अनिष अधिकारी र समर चौलागाईं छन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्।
‘परान’ले पारिवारिक भावनासँगै आधुनिक नेपाली समाजको कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ, जसले यो हप्ता बक्सअफिसमा सकारात्मक सुरुवात दिलाउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १७:४६बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १६:०९‘टक्सिक’को सुरुवात आक्रामक, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित
समाचार२०८३ भाद्र १०, बुधबार ११:४४बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, खोला किनारका क्षेत्र उच्च जोखिममा
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १०:०४प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक









