‘अकल्पनीय क्षतिबाट पुनः उठ्ने साहस प्रेरणादायी छ’- उपमहासचिव ज्ञवाली

आगजनीपछि पुनः उठ्दै प्रभावित व्यवसायीहरू देख्दा हर्ष लागेको छ : उपमहासचिव ज्ञवाली
पोखरा । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते पोखरामा भएका आगजनी घटनाबाट अकल्पनीय क्षति पुगेको स्मरण गर्दै, अहिले प्रभावित उद्यमीहरू दृढतापूर्वक पुनः उठ्न लागेका देख्दा आफूलाई अत्यन्त हर्ष लागेको बताए।
ज्ञवालीले पोखरास्थित आगजनी प्रभावित व्यावसायिक स्थलहरूको स्थलगत अवलोकनपछि यस्तो धारणा व्यक्त गरे। उनले भने, ‘भदौ २४ गतेको आगजनीले प्रा. डा. भरत पहारीको होटेल सरोबर, पार्टी केन्द्रीय सदस्य राजीव पहारीको निजी निवास, गणेश गुरुङको होटेल गुडविल, नेपाली कांग्रेसका नेता बिन्दु थापाको होटेल बगैँचा र वासु त्रिपाठीको होटेल एडम जस्ता व्यावसायिक सम्पत्तिहरू पूर्णरूपमा ध्वस्त भएका थिए। त्यस्तो अकल्पनीय क्षति बेहोरेर पनि उनीहरू सम्हालिँदै पुनः उठ्न लागेको देख्दा साँच्चै प्रेरणादायी लाग्यो,’ उनले जोड दिए।
उपमहासचिव ज्ञवालीले उक्त घटनाबाट प्रभावित व्यवसायीहरूको साहस र पुनर्निर्माणका प्रयासलाई ‘देशभरका उद्यमीहरूका लागि प्रेरणादायी उदाहरण’ भएको उल्लेख गरे।
स्थलगत अवलोकनका क्रममा उनलाई साथ दिने मध्ये पार्टी सचिव योगेश भट्टराई, पार्टी नेता किरण गुरुङ लगायत एमालेका अन्य नेता तथा कार्यकर्ताहरू पनि थिए। टोलीले आगजनी प्रभावित क्षेत्रका व्यवसायी तथा स्थानीय नेताहरूसँग भेटघाट गर्दै क्षतिको अवस्था र स्थानीय प्रशासनका पहलबारे जानकारी लियो।
ज्ञवालीले आन्दोलनको नाममा निजी सम्पत्तिमा क्षति पुर्याउनु निन्दनीय रहेको उल्लेख गर्दै शान्तिपूर्ण विरोध आन्दोलन नै लोकतान्त्रिक पद्धतिको आत्मा भएको बताए। उनका अनुसार कुनै पनि असन्तोषको अभिव्यक्ति हिंसामा रूपान्तरण हुनु लोकतन्त्रका लागि गम्भीर खतरा हो।
राज्यका संयन्त्रहरूले अपराधी पहिचान गरी कानुनी कारबाही अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले देशका पर्यटन र लगानी क्षेत्रहरूमा नकारात्मक प्रभाव पर्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने आह्वान गरे।
अवलोकनका क्रममा ज्ञवालीले आगजनी र तोडफोडबाट क्षतिग्रस्त नेकपा (एमाले) कास्की जिल्ला पार्टी कार्यालयको पनि निरीक्षण गरे।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19918, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २७, शनिबार ०६:३९पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
समाचार२०८३ असार २२, सोमबार ०८:१२फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वार ६३ हजार प्रदान
समाचार२०८३ असार २१, आईतवार २०:४६टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग
समाचार२०८३ असार २१, आईतवार १२:२९गण्डकी मिडिया समिटमा ‘पत्रकारितामा एआई’ बारे संवाद








