आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग

धादिङ, कात्तिक १५ ।
धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित स्वाबलम्बी बहिरा आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ।
नीलकण्ठ–८ निवासी कमलराज ढुंगाना र सुनिता इटनी ढुंगानाकी छोरी आध्यवी ढुंगानाको चौथो जन्मदिनको अवसरमा विद्यालयका बालबालिकाहरूका लागि एक महिनासम्म पुग्ने गरी आवश्यक खाद्यान्न सामग्री सहयोग गरिएको हो।
सहयोग अन्तर्गत विद्यालयलाई ५ बोरा चामल, एक बोरा आलु, चाउचाउ, बिस्कुट, तेल, आटा, फुरनदाना, नुन, मसला लगायतका सामग्री हस्तान्तरण गरिएको कमलराज ढुंगानाले जानकारी दिनुभयो।


उहाँका अनुसार, “जन्मदिनका नाममा हुने फजुल खर्चलाई सामाजिक कार्यमा रूपान्तरण गर्ने उद्देश्यले छोरी आध्यवीको जन्मदिन विद्यालयका बालबालिकासँग मनाएका हौं।” उहाँले आगामी दिनहरूमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले सहयोग प्रदान गर्ने परिवारलाई धन्यवाद व्यक्त गर्दै यसले विद्यालयलाई ठूलो राहत मिलेको बताउनुभयो। उहाँले आध्यवी ढुंगानालाई जन्मदिनको शुभकामना दिंदै उज्जवल भविष्य र शैक्षिक प्रगतिका लागि शुभेच्छा व्यक्त गर्नुभयो।

जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेपछि आध्यवी ढुंगानाले विद्यालयमा रहेका बालबालिकासँग खुशी साटासाट गर्नुभएको थियो ।


हाल उक्त विद्यालयमा ४१ जना बालबालिका अध्ययनरत छन्। विद्यालयले फरक क्षमता भएका बालबालिकाको शिक्षामा दीर्घकालीन योगदान दिँदै आएको छ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:१३महेश, अञ्जना र सुशांकलाई लिएर राजिव गुरुङले घोषणा गरे ‘आशा’
खेलकुद२०८३ असार २६, शुक्रबार ०६:५१फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश









