माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा अन्तरक्रिया, दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान

कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिका कार्यालयको समन्वयमा शनिबार माछापुच्छ्रे ६ हेम्जाकोटमा शनिबार सम्पन्न भएको हो ।अन्तरक्रियामा गाउँपालिका, स्थानीय निकाय, स्थानीय, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता थियो । सहभागीहरूले माछापुच्छ्रे गाउँपालिकाभित्र रहेका पर्यटन सम्भावना र चुनौती विषयमा धारणा व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमका वक्ताहरूले पत्रकारहरूले गाउँपालिकाका पर्यटकीय सम्पदा, संस्कृतिको संरक्षण तथा प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले गाउँपलिकाको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहे पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताए । विभिन्न पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाई नयाँ गन्तव्यको समेत खोजि भैरहेको र आन्तरिक पर्यटक धेरै आउने गाउँपालिकाका गन्तव्यमा विदेशी पर्यटकलाई आकर्षण गर्ने योजनामा गाउँपालिका अगाडी बढेको उनले जनाए । त्यस्तै गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले गाउँपालिकाको समग्र पर्यटन विकासका लागि आवश्यक सुझाव दिन आह्वान गरिन् ।
यता गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिका पर्यटनको सम्भावना निकै रहेको र स्थानीय नागरिकले गाउँपालिकासँग गर्ने सहजीकरण निकै सह्रानीय रहेको बताए । अन्तरक्रियामा पत्रकार र स्थानीयबाट उठेको प्रश्नको जवाफ गाउँपालिकाले दिएको थियो ।
त्यसैगरि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले पत्रकार, पालिका र स्थानीयबीच भएको अन्तरक्रियाले समन्वय सुदृढ बनाई पर्यटन प्रवद्र्धनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नेपाली राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई शनिबार आफ्नै जन्मथलोमा नगदसहित सम्मान गरिएको छ । १२ देखि २३ नोभेम्बर २०२५ मा भारत र श्रीलङ्कामा पहिलोपटक आयोजना हुन लागेको टि–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीमा परेकी विनितालाई नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा नगदसहित सम्मान गरेको हो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19992, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १८, मंगलवार १५:०१लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव मंसिर ५ गते, १२ सय जनाको सहभागिता रहने
समाचार२०८३ कार्तिक १७, सोमबार ११:२२कास्की आइडल–२ को गायनतर्फ अमृत र नृत्यतर्फ गौमाया विजेता
समाचार२०८३ कार्तिक १७, सोमबार ११:११पोखरामा बुधबारदेखि नवौं गोदावरी पुष्प प्रदर्शनी तथा फूल मेला हुने
समाचार२०८३ कार्तिक १६, आईतवार ०८:२२युनाइटेड क्लबको देउसीभैलोबाट विपद् कोषमा सहयोग जुटाइँदै, कार्यक्रमअघि नै जुट्यो एक लाख रुपैयाँ








