एभरेस्ट ए एफएमको रक्तदान मंसिर ६ गते, सचेतना अभियान जारी

पोखरा ।
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा यहि मंसिर ६ गते रक्तदान कार्यक्रम आयोजना हुँदैछ । रक्तदान कार्यक्रम एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा हुनेछ । सो दिन विहान ७ बजेदेखि १२ बजेसम्म रक्तदान कार्यक्रम हुने जनाइएको छ ।
हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ हुने रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको रेडियोका प्रमुख दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
रेडियोले ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित रक्तदान कार्यक्रमको क्याम्पेनिङ गरिरहेको छ । रेडियोले एफएमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ भने स्कुल तथा कलेजमा पनि सचेतना अभियान सञ्चालन गरिने प्रमुख श्रेष्ठले बताए ।
१७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक रक्तदान गरेका ३ महिना अर्थात ९० दिन पूरा भएका, पिरियड र महिलाको हकमा मासिक रक्तश्राव भएको छैटौं दिन पुगेका, मेजर अपरेसन नगरेका, क्यान्सर, किड्नी ट्रान्स्प्लान्ट नगरेका, ब्लड प्रेसर नर्मल (औषधि खाइरहेको भए पनि बि पि ठिक छ भने दिन मिल्ने भएकाले ढुक्कले रक्तदान गर्न सक्ने रक्त संचार केन्द्र पोखराका प्राबिधिक प्रमुख अर्जुन ज्ञवालीले बताए ।
एभरेस्ट मिडिया हाउसले एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20033, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







