राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले प्रदान गर्यो ‘विशिष्ट साधक सम्मान–२०८२’

काठमाडौँ। राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले नेपाली कला, साहित्य र गीत–संगीतको उन्नतिमा उल्लेखनीय योगदान पुर्याउने तीन अग्रज व्यक्तित्वलाई ‘विशिष्ट साधक सम्मान–२०८२’ प्रदान गरेको छ।
नेपाली नृत्य निर्देशनको आधारशिला मानिने, नेपालकै पहिलो नृत्य निर्देशक तथा चर्चित कलाकार भैरब बहादुर थापा, वरिष्ठ गायिका एवं साहित्यकार चन्द्रकला शाह, र वरिष्ठ लोकगायक तथा शब्द सङ्कलक रेशम थापालाई जनही रु. ५५५५ सहित दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको हो।
मङ्सिर ६ गते प्रतिष्ठानका पदाधिकारीहरूको टोलीले प्रत्येक श्रष्टाको निवासमै पुगेर परिवारका सदस्यहरूको उपस्थितिमा सम्मान हस्तान्तरण गरेको थियो। आफ्नै घरमा संस्थाले सम्मान प्रदान गरेकोप्रति सम्मानित श्रष्टाहरूले हर्ष व्यक्त गर्दै, नेपाली कला–संस्कृतिको उत्थानमा संस्थाले निरन्तर अग्रसर रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
९३ वर्षीय नृत्य प्रशिक्षक भैरब थापाका सुपुत्र तथा चर्चित संगीत संयोजक महाराज थापाले कार्यक्रममा पिता भैरब थापाको देश–विदेशमा नेपाली नृत्यको विकासमा पुर्याएको योगदानलाई समेटिएको वृत्तचित्र पनि प्रदर्शन गर्नुभएको थियो।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार वरिष्ठ गीतकार रमेश दहाल, वरिष्ठ संगीतकार एवं गायक कमल अधिकारी, कार्य समिति अध्यक्ष नारायण बहादुर थापा, वरिष्ठ उपाध्यक्ष दिपक शर्मा, उपाध्यक्ष सुजाता केसी, महासचिव सनम कठायत, सचिव रिता केसी, कोषाध्यक्ष प्रतिक्षा काफ्ले, तथा सदस्यहरू बिरेन्द्र भाट ‘बिपिन’, मनोज परियार, डेभिड शंकर, सुभाष तिम्सिना, कोपिला सिवाकोटी, प्रमोद डिजी, र बिक्रान्त आचार्य सहभागी थिए। साथै सम्मानित व्यक्तित्वहरूका परिवारजन पनि उपस्थित थिए।
यस सम्मानको पहिलो संस्करण २०८० मा खड्ग गर्बुजा, चैत्यदेवी, र शशी बिक्रम शाहलाई प्रदान गरिएको थियो भने २०८१ मा भैरव रिसाल, माणिकरत्न स्थापित, र प्रदिप कुमार उपाध्याय सम्मानित भएका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन









