एनपीएलमा आज दुई खेल हुने, यी टोलीहरू भिड्दै

काठमाडौं, मंसिर ८ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ। त्यसैगरी, दिउँसो ४:०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
मङ्सिर १ गतेदेखि जारी एनपीएलमा हालसम्म दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स चार–चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाडौं गुर्खाज दुई अंक जोड्दै तेस्रो स्थानमा छ। दुईवटा खेल खेलेको पोखरा भने दुवैमा पराजित हुँदै पुछारमा रहेको अंकतालिकाले देखाएको छ । फाइनल खेल मङ्सिर २७ गते हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न








