मंसिर १७ देखि औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक हुने

‘लगानीको सम्वद्र्धन: उद्योग–व्यवसायको प्रवद्र्धन’ भन्ने आदर्श नारासहित पोखरा उद्योग वाणिज्य संघले यही १७ देखि २१ मंसिरसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सो मेला संचालन गर्न लागेको हो ।
मंगलबार पत्रकार सम्मेलनमा संघ अध्यक्ष गोकर्ण कार्कीले गण्डकी प्रदेशमा व्यावसायिक सम्भावनाको खोजी तथा उद्यमशीलता प्रवद्र्धनको उद्देश्यले मेलालाई निरन्तरता दिइएको बताए । उनका अनुसार मेलामा १ सय २० स्टल रहने छन् । उनले भने, ‘पोखरालगायत गण्डकी प्रदेशकै औद्योगिक, कृषिजन्य, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रका उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको हो । जेनजी आन्दोलनपछि गिरेको निजी क्षेत्रको मनोबल उकास्न यस्ता मेला–महोत्सवले आर्थिक गतिविधिमा टेवा हुने भएकोले निरन्तरता दिइएको हो ।’ मेलामा औद्योगिक उत्पादन, सूचना–प्रविधिका सामान, हस्तकला, कृषिजन्य उत्पादनलगायतको प्रदर्शनी तथा बिक्री कक्ष रहने जनाइएको छ ।
मेलामा उद्यमशीलता प्रवद्र्धन, लगानीमैत्री नीति, नवप्रर्वतन, सूचना–प्रविधि र कृषिसँग सम्बन्धित विषयमा परिसंवाद समेत हुनेछ ।
कम्युटर एसोसिएसन अफ नेपाल (क्यान), कास्की अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामा सूचना–प्रविधिसँग सम्बन्धित हार्डवेयर र सफ्टवेयर उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष रहने जानकारी दिए । उनका अनुसार केही नयाँ प्रडक्ट लन्चसमेत गर्ने तयारीमा छौं । आइसिटीसम्बन्धी अन्तरक्रिया, करिअर काउन्सिलिङलगायतका कार्यक्रम मेलामा हुनेछन् ।
पाँचदिने मेलाबाट ५० लाख आम्दानी र ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम उद्यमशीलता प्रवद्र्धन तथा व्यवसायीको क्षमता अभिवृद्धिमा खर्च हुने संघले जनाएको छ ।
यसपालि दर्शकलाई प्रवेश निःशुल्क गरिएको मेलामा मणिपाल अस्पतालले पनि सहकार्य गरेको छ ।
क्यान कास्की, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश मेलाको सहआयोजक हुन् । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड मेलाको प्रवद्र्धक हुन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20096, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







