केएमसीलाई प्रधानमन्त्री कार्कीद्वारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

काठमाडौं, ११ मंसिर । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौं मेडिकल कलेज, सिनामंगललाई ‘सम्मान–पत्र’ प्रदान गरेको छ।
आ.व.२०७९÷८० मा योजनामा आवद्ध श्रमिकहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै सबैभन्दा बढी योगदानकर्तालाई सेवा प्रदान गर्ने बागमती प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा काठमाडौं मेडिकल कलेज चयन भएको हो।
प्रधानमन्त्री सुशिला कार्की, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र सञ्चालक समिति अध्यक्ष डा.कृष्णहरि पुष्करले संयुक्त रुपमा सम्मान–पत्र प्रदान गरेका हुन्।
देश र जनता भन्दा कोही ठूलो छैन । देश र जनताको सवालमा पार्टी भन्दा माथी उक्लेर काम गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै सञ्चालक डा.सुनिल कुमार शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै गारिब निमुखा बिरामीको उपचारमा निरन्तर सहयोग गरिरहेका छन् ।
यस सम्मानले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा अभियान तथा जिम्मेवार संस्थाको भूमिकामा काठमाडौं मेडिकल कलेजको प्रतिबद्धता झनै मजवुत भएको कोषले जनाएको छ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक








