पोखरामा नि:शुल्क आँखा शिविर सम्पन्न, १५ जनालाई मोतिविन्दुको निःशुल्क शल्यक्रिया हुने

पोखरा । पोखरा महानगरपालिका-११ फूलबारीमा शुक्रबार नि:शुल्क आँखा परीक्षण तथा मोतिविन्दु पहिचान शिविर सम्पन्न भएको छ। फूलबारी क्लबको आयोजना र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १८५ जनाको आँखा जाँच गरिएको थियो।
जाँचका क्रममा १५ जनामा मोतिविन्दु देखिएको र उनीहरू सबैको आगामी मंसिर २५, २६ र २७ गते दृष्टि आँखा अस्पतालमै निःशुल्क शल्यक्रिया गरिने अस्पतालले जनाएको छ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्त्री थापाले यस्ता सामुदायिक शिविरले आर्थिक रूपले विपन्न नागरिकलाई ठूलो राहत पुग्ने बताए। आँखाको उपचार निकै महँगो हुन्छ, यस्ता शिविरले धेरैको जीवनमा उज्यालो छर्ने काम गरेका छन् उनले भने ।
शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। फूलबारी क्लबका सह-सचिव अनन्तराज आचार्यले भने’हाम्रो सानो प्रयासले कसैको संसार अँध्यारो नहोस् भन्ने नै हाम्रो उद्देश्य हो।’
क्लबले यस्ता स्वास्थ्यसम्बन्धी शिविरहरू भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।
कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष जनार्दन बाँस्तोलाले गरेका थिए भने संयोजन संगीता आचार्य र सञ्चालन सचिव सबिना आचार्यले गरेकी थिईन। कार्यक्रममा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, दृष्टि आँखा अस्पतालका अध्यक्ष शिवप्रसाद पोख्रेललगायत जनप्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20107, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







