शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा सम्पन्न

धादिङ,१३ मंसिर
धादिङमा शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष खिलबहादुर धमलाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संविधानसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पुष्प विक्रम मल्ल प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता रामबहादुर भण्डारी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी लगायतको विशेष आतिथ्यता थियो।
संस्थाका सचिव प्रयास रेग्मीले सन्चालन गर्नुभएको कार्यक्रममा लेखा समिति संयोजक चन्द्रबहादुर लम्सालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्ष इन्द्रबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन, तथा सचिव प्रयास रेग्मीले संगठनात्मक र भावी कार्यक्रमहरू प्रस्तुत गर्नुभयो।
प्रमुख अतिथि पुष्प विक्रम मल्लले शिक्षकहरूकै सक्रिय सहभागितामा सञ्चालन हुँदै आएको सहकारी संस्थाले अब उत्पादनमूलक क्षेत्रमा पनि प्रभावकारी रूपमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी, अध्यक्ष खिलबहादुर धमलाले सहकारी ऐन तथा नियमको परिधिमा रही सबै शेयर सदस्यले उपलब्ध सेवाहरूको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। साधारण सभामा विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। उत्कृष्ट ऋणीमा रिता लायो मगर र मीनबहादुर गुरुङ सम्मानित हुनुभएको छ । यसैगरी सबैभन्दा धेरै शेयर खरिद गर्ने सदस्य केशरी प्रसाद पन्त, प्रयास रेग्मी र पार्वती भण्डारी साथै अधिकतम बचत गर्ने बचतकर्ता उत्तमलाल तामाङ सम्मानित हुनुभएको छ । ५ वा सोभन्दा बढी शेयर सदस्य थप गर्ने तिलक बहादुर प्रजा, दिनेश लुईटेल, जसमान तामाङ, ईश्वरकुमार बराकोटी, कोपिला खरेल, पार्वती भण्डारी र आसन चेपाङ पनि सम्मानित हुनुभएको छ । यसैगरी एसईई परिक्षा २०८१ मा उत्कृष्ट ३.८६ न्एब् हासिल गर्ने सुसन राना मगरलाई पनि सम्मान गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न








