निट डेण्टल पत्रकारिता पुरस्कार स्थापना

निट डेण्टल पत्रकारिता पुरस्कार स्थापना

पोखरा ।

पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने गरी पुरस्कार स्थापना गरिएको हो । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारका लागि डेण्टलले ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’ र निट डेण्टल केयर प्रालिका प्रवन्ध निर्देशक वीरेन रानामगरबीच अक्षयकोष स्थापना गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

पत्रकारिताको क्षेत्रमा काम गरिरहेका पत्रकार सम्मान गर्ने उद्देश्यले पुरस्कार घोषणासँगै अक्षयकोष स्थापना गरिएको हो । डेण्टलको वार्षिकोत्सवका अवसरमा नेपालभर जुनसुकै जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेका एक जना पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने छ ।

कार्यक्रममा डेण्टलका प्रवन्ध निर्देशक रानाले आफूले विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको अवस्थामा पत्रकारिताको क्षेत्रमा पनि केही योगदान गर्नुपर्छ भन्ने हेतुले अक्षयकोष स्थापना गरेको बताए । पत्रकारिता क्षेत्र समाजको अभिन्न अंग भएको र यसले समाजमा भइरहेका हरेक सूचनालाई आम नागरिक समक्ष प्रवाह गर्ने भएकाले यो क्षेत्रमा योगदान गर्न पाउनु आफ्नो अहोभाग्य भएको रानाको भनाई थियो । पहिलो वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लामा पत्रकारिता क्षेत्रमा काम गरिरहेका पत्रकारलाई प्राथमिकता दिए पनि आगामी वर्षबाट देशभरीका पत्रकारलाई सम्मान गर्ने उद्देश्य भएको उनले जानकारी दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय सचिव एमबी आस्था मगरले पुरस्कारले पत्रकारलाई हौसला प्रदान गर्ने बताए । पुरस्कार वितरणको कार्यक्रमलाई निरन्तरता दिनु अहिलेको आवश्यकता भएको उनको भनाई छ । ‘आफ्नै अगाडि धेरै पुरस्कार केही वर्षमा वितरण गर्न रोकिएको उदाहरण देखिरहेका छौं, अब अक्षयकोष स्थापना भइसकेपछि निट डेण्टल पुरस्कारले हरेक वर्ष निरन्तरता पाउने छ,’ उनले भने ।

यो पनि पढ्नुहोस् :  फेवातालमा जेठ १८ गते 'तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता' हुने, तयारी तीव्र

निट डेण्टल पुरस्कारले आदिवासी जनजाति समुदायका पत्रकारलाई मात्र नभएर अन्य समुदायका पत्रकारलाई समेत समेट्दै अगाडि बढ्ने संघीय सचिव आस्थामगरको विश्वास छ । यो पुरस्कार पोखरा वा गण्डकी प्रदेशका पत्रकारहरुमा मात्रै्र सीमित नगरेर देशभरीका पत्रकारलाई सम्मान गर्ने गरेर स्थापना गरिएको उनले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20138, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   8   =