प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी तयारीगर्दै निर्वाचन आयोग

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरि गृहकार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले मिहिनढंगले सवै पक्षको विश्लेषण गरेर काम गरिरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो ।
निर्वाचन प्रतिस्पर्धामा भाग लिन राजनीतिक दलहरु पनि क्रियाशिल भइसकेकोले देशभर निर्वाचनको माहौल बनिरहेको पनि उहाँले बताउनु भयो ।
सरकार, राजनीतिक दल तथा चार वटै सुरक्षा निकायसँग शृङ्खलाबद्ध छलफल भइरहेको जानकारी दिनु हुदै यसवाट निर्वाचन सुरक्षाको सकारात्मक वातावरण सुनिश्चित गरिसकेको पनि उहाँले बताउनु भयो ।
पुुराना मतदाता एक करोड ८१ लाख ६८ हजार २३० रहेकोमा यसपटक आठ लाख नयाँ मतदाता थपिएको जानकारी पनि उहाँले दिनु भयो ।दर्ता भएका नयाँ मतदाताको रुजु गरि अन्तिम मतदाताको नामावली पुसको तेस्रो साताभित्र सार्वजनिक गरिने पनि निर्वाचन आयोगले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १३:५४‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २५, बिहीबार १२:५७स्वास्थ्यमन्त्री र नर्वेका राजदूतबिच भेट, भयाे यस्ताे विषयमा छलफल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा









