‘आ बाट आमा’ को पहिलो गीत सार्वजनिक,आमा छोराको बिछोडको पिडा

काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ रिलिज गरिएको छ। काठमाडौंमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो। गीतको भिडियोमा विपना थापा,पल शाह,प्रदीप रावत,सिम्रन पन्त,उषा उप्रेती,साइग्रेस पोखरेल,गजित बिष्ट लगायतलाई देख्न सकिन्छ। परदेशिएको छोराको विलौना र आमाको मायालाई गीतको भिडियोमा दर्शाइएको छ। यस मार्मिक गीतमा शब्द रचना तथा संगीत बाबुल गिरीको छ भने गायन रबी ओडको छ।
गीतको भाव अनुसार नै भिडियो निर्माण निर्माण पक्षले गरेको देखिन्छ। जहाँ सन्तानप्रतिको माया ममता तथा स्नेहको कथालाई फिल्मले बोल्ने प्रष्ट छ।
गीत रिलिज कार्यक्रममा फिल्मका निर्देशक चन्द्र पन्तले आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए।
‘यो मेरो ड्रिम प्रोजेक्ट हो’,उनले गीत रिलिज कार्यक्रममा भने,‘जुन हामीले धेरै सफलताका साथ सम्पादन गरेका छौँ। आशा गछौँ,यो गीत सबैले मन पराइदिनु हुनेछ।’
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्। फिल्म माघ १६ गतेबाट अल नेपाल रिलिज हुँदैछ। नेपालमा फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतम,रहेका छन्। फिल्मका गीतको कोरियोग्राफी गंभिर बिष्ट र दिलिप ओखेडाको रहेको छ।
अभिमन्यू निरवीले लेखेको यो फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्। यस फिल्मको कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्। फिल्मलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३०, मंगलवार १३:५१भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै









