धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

धादिङबेशी,२ पुस । धादिङको गङ्गाजमुना गाउँपालिकाको आयोजनामा बसेरी र बुढाथुम स्वास्थ्य चौकीमा AI एक्स–रेसहितको निःशुल्क छाती परीक्षण शिविर सम्पन्न भएको छ।
बसेरी स्वास्थ्य चौकीमा मिति २०८२/०९/०१ गते तथा बुढाथुम स्वास्थ्य चौकीमा मिति २०८२/०९/०२ गते सञ्चालन गरिएको उक्त शिविरमा जम्मा ५४४ जनाको छाती परीक्षण गरिएको थियो। परीक्षणका क्रममा २२ जना शंकास्पद क्षयरोगका बिरामी फेला परेका छन्।
शंकास्पद व्यक्तिहरूको खकारको नमुना संकलन गरी Gene Xpert परीक्षणका लागि धादिङअस्पतालमा पठाइएको छ। परीक्षणको रिपोर्ट प्राप्त भएपछि पोजेटिभ देखिएका बिरामीलाई आवश्यक उपचारमा ल्याइने स्वास्थ्य गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले जानकारी दिनुभयो ।
शिविरमा त्रिशूली अस्पतालका डा. कैलाश विश्वकर्मा, धादिङ अस्पतालका रेडियोग्राफर निरीक्षक सुन्दरी गिदेल मगर तथा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका कर्मचारी पशुपति पुडासैनीले प्राविधिक सहयोग प्रदान गर्नुभएको थियो।
गाउँपालिकाले क्षयरोगजस्ता संक्रामक रोगको समयमै पहिचान र उपचारका लागि यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन













