अर्जुन घिमिरे (पाँडे) को चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । अर्जुन घिमिरे (पाँडे) ले निर्देशन गरेको चलचित्रलाई दर्शकले चासोको रुपमा लिएका छन् ।
कमेडीबाट आएका कलाकार अर्जुन घिमिरेको निर्देशन र लेखन रहेको चलचित्रले हसाउँछ भन्ने धेरै दर्शकले आशा गरिरहेका छन् । आफैँ पनि हास्य कलाकार भएर लामो समय काम गरेका अर्जुनले पञ्चलाइन राखेर सिनेमा बनाए भन्ने धेरैको अपेक्षा छ । उनी पाँडेकै लवजमा रहेकाले दर्शकले यो अपेक्षा गर्नु स्वभाविक पनि हो ।
नागराज इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्रबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।
सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।
यो चलचित्रबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् ।
अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३०, मंगलवार १३:५१भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै









