ॐकार भजन समूह पोखरा–११ को अध्यक्षमा कृष्णप्रसाद पौडेल निर्वाचित

पोखरा । ॐकार भजन समूह, पोखरा–११ फुलवारीको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ। अधिवेशनले कृष्णप्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हरि प्रसाद बास्तोला, सचिवमा युवराज बास्तोला (गान्धी), सह–सचिवमा गणेश बास्तोला तथा कोषाध्यक्षमा किशोर बास्तोला चयन भएका छन्। सदस्यहरूमा पुरुषोत्तम बास्तोला, शुभोध किशोर बास्तोला, रजनी बास्तोला, ज्योती बास्तोला र कपिल बास्तोला निर्वाचित भएका छन् भने निवर्तमान अध्यक्ष दीपक पौडेल पदेन सदस्यका रूपमा रहेका छन्।
निर्वाचन समिति संयोजक मनोज बास्तोलाका अनुसार सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध रूपमा चयन भएका हुन्।
कार्यक्रम ॐकार भजन समूहका अध्यक्ष दीपक पौडेलको अध्यक्षतामा तथा समूहका शुभचिन्तक एवं मार्गदर्शक नरबहादुर लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष सुजन बास्तोलाले स्वागत मन्तव्य राखेका थिए भने सचिव कपिल बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रमुख अतिथि लामिछानेले मन्तव्य राख्दै वर्तमान समयमा सनातन हिन्दु धर्ममाथि विभिन्न कोणबाट आक्रमण भइरहेको उल्लेख गर्दै लोकसंस्कृति तथा धार्मिक मूल्य–मान्यताको संरक्षणका लागि ॐकार भजन समूहले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा समूहका सल्लाहकारहरू कृष्ण प्रसाद पौडेल, हरि प्रसाद बास्तोला, सञ्जय किशोर बास्तोला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
यसै अवसरमा अध्यक्ष, सचिव तथा कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको जानकारी संस्थाका निवर्तमान उपाध्यक्ष सुजन बास्तोलाले दिनुभयो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३०, मंगलवार १३:५१भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै








