टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

काठमाडौं, पुस ७ । आगामी माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि नेपालले आजदेखि तयारी शुरू गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि राष्ट्रिय टोलीमा रहेका खेलाडी सहित अन्यलाई थप्दै २४ जनालाई प्रशिक्षणमा बोलाएको छ ।
१० दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको क्यानले जनाएको छ । रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, लोकेस बम, आरिफ सेख, आदील अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी, अविनाश बोहोरा, प्रतिष जीसी र रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् ।
नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल समूह सी मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ । नेपालले माघ २५ गते इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो









